अनुच्छेद २५४. प्रदेशमा कार्यालय स्थापना गन सक्नेः राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार
प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ
अनुच्छेद २५५. राष्ट्रिय दलित आयोगः ७१) नेपालमा एक राष्ट्रिय दलित आयोग रहनेछ जसमा अध्यक्ष र
अन्य चार जना सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय दलित आयोगका अध्यक्ष सदस्यको नियुक्ति गर्नेछ (३) राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ (४ ) उपधारा (३ ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुने अवस्थामा राष्ट्रिय दलित आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त हुनेछः (क ) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा, WWW .lawcommission gov np (ग) निजको विरुद्ध धार १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा (घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा, ङ ) निजको मृत्यु भएमा (५ ) उपधारा (२ बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन सक्ने छैन तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ (६ ) देहायको योग्यता भएकोे व्यक्ति दलित आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि योग्य हुनेछः (क ) कम्तीमा दश वर्ष दलित समुदायको हक हित वा मानव आधकार र कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पुच्याएको दलित (ख) अध्यक्षको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा र्नातक (0 उपाधि प्राप्त गरेको, (ग) पैँतालिस वर्ष उमेर पूरा भएको (घ) नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र ङ उच्च नैतिक चरित्र भएकोे ७७ ) राष्ट्रिय दलित आयोगको अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुनेछ र निजलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन तर चरम आर्थिक विश्रृंखलताका कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छेन (८) राष्ट्रिय दलित आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय मन्तव्य वा सिफारिस पेश गर्ने कुनै WWW .lawcommission gov.np पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुच्याएको मानिने छेन
अनुच्छेद २५६. राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधकारः (१ राष्ट्रिय दलित आयोगको काम
कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (क ) दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा गर्नु पर्ने नीतिगत कानूनी र संस्थागत सुधारका विषय पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने (ख जातीय छुवाछूत उत्पीडन र विभेदको अन्त्य गरी दलित उत्थान र विकासका लागि दलित हितसँग सरोकार राख्ने राष्ट्रिय नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गर्ने (ग) दलित समुदायको उत्थान तथा हितमा भएका विशेष व्यवस्था लगायत दलित हितसँग सम्वन्धित कानूनको प्रभावकारी रूपमा पालना भए वा नभएका विषयमा अनुगमन गरी पालना वा कार्यान्वयन नभएका भए सोको पालना वा कार्यान्वयनका ला नेपाल सरकार समक्ष सुझाब दिने (घ) दलित समुदायको अधिकारसङ्ग सम्बन्धित नेपाल पक्ष भएकोे अन्तर्राष्ट्रिय सन्धि वा सम्झोतामा भएको व्यवस्था बमोजिम नेपालले पठाउनु पर्ने प्रतिवेदन तयारीका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ङ ) दलित समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित नेपा तथा राज्यका सबै अङ्गहरूमा समानुपातिक सहभागिता सुनिश्चित गर्न मौजूदा नीति तथा कार्यक्रमको समीक्षा अनुगमन तथा मूल्याङ्कन र सोको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने च जातीय भेदभाव तथा छूवाछूत वा सामाजिक कुरीतिबाट पीडित भएको वा दलितको हक प्रयोग गर्न नदिएको वा वञ्चित गरेको विषयमा कुनै व्यक्ति वा संस्था विरुद्ध मुद्दा दायर गर्नु पर्ने WWW .lawcommission gov np आवश्यकता देखिएमा कानून बमोजिम अदालतमा मुद्दा दायर गरन सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने (२ ) राष्ट्रिय दलित आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम कर्तव्य र अधिकार आयोगको अध्यक्ष कुनै सदस्य वा नेपाल सरकारको कुनै कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ (३ ) राष्ट्रिय दलित आयोगको अन्य काम कर्तव्य अधिकार तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ २५ ७. प्रदशमा कार्यालय स्थपन गर्न सक्नेः राष्ट्रिय दलित आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ
अनुच्छेद २५८. राष्ट्रिय समावेशी आयोगः (१ ) नेपालमा एक राष्ट्रिय समावेशी आयोग रहनेछ जसमा
अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्नेेछ (३ ) राष्ट्रिय समावेशी आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएकोे मितिले छ वर्षको हुनेछ (४ ) उपधारा ८३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछः (क ) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, ख निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा, (ग) निजको विरुद्घ धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित नेपा भएमा, (घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा, (ङ ) निजको मृत्यु भएमा (५ ) उपधारा (२ बमोजिम नियुक्त अध्यक्ष तथा सदस्यको पुनः नियुक्ति हुन सक्ने छैन | www lawcommission gov np तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ (६ ) देहायको योग्यता भएको व्यक्ति राष्ट्रिय समावेशी आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्ति हुन योग्य हुनेछः (क ) कम्तीमा दश वर्ष सामाजिक समावेशीकरण अपाङ्गता भएका व्यक्ति अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको क्षेत्र र वर्गको हक हित वा विकास वा मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुच्याएको, (ख) अध्यक्षको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधे हासिल गरेको, (ग) पैंतालिस वर्ष उमेर पूरा गरेको, (घ) नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र (ङ ) उच्च नैतिक चरित्र भएकोे (७ ) राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको पारिश्रमिक र सेवाका शर्त संघीय कानून बमोजिम हुनेछ र निज बहाल रहेसम्म निजलाई मर्का पर्ने गरी पारिश्रमिक सेवाका शर्त परिवर्तन गरिने छैन तर चरम आर्थिक विश्रृंखलताका कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ८८) राष्ट्रिय समावेशी आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भ्ई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुच्याएको मानि छैन
अनुच्छेद २५९. राष्ट्िय समावेशी आयोगको कमः कर्तव्य र अधकारः (१ ) राष्ट्रिय समावेशी आयोगको
काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (क ) खस आर्य पिछडा वर्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा WWW .lawcommission gov np पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्ग लगायतका समुदायको हक आधेकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने (ख खण्डक) मा उल्लिखित समुदाय वर्ग र क्षेत्रको समावेशीकरणका नेपाल सरकारले अवलम्बन गरेको नीति तथा कानूनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारका लााग नेपाल सरकारलाई सुझाव दिने (ग) खण्ड (क) मा उल्लिखित समुदाय वर्ग र क्षेत्रको रज्य संयन्त्रमा उचित प्रतिनिधित्व भए नभएको अध्ययन गरी त्यस्तो समुदाय वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि गरिएको विशेष व्यवस्थाको पुनरावलोकन गर्न नेपाल सरकारलाई सुझाव दिने (घ) खण्ड (क) मा उल्लिखित समुदाय वर्ग र क्षेत्रको संरक्षण सशक्तीकरण र विकास सन्तोषजनक भए नभएको अध्ययन गरी भविष्यमा अवलम्बन पर्ने नीतिको सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने ङ ) कर्णाली र पिछडिएको क्षेत्रको विकास र समृद्धिका लागि अबलम्बन पर्ने नीति फ कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव च अल्पसंख्यक तथा सीमान्तीकृत समुदाय सम्बन्धी कानूनमा समयानुकुल परिमार्जनका लागि सिफारिस गर्ने अल्पसंख्यक तथा सीमान्तीकृत समुदायका लागि प्रत्याभूत हक अधिकारको कार्यान्वयन स्थिति अनुगमन गरी आवधिक रूपमा हुने नेपा राष्ट्रिय जनगणना तथा मानव विकास सूचकांक सम्बन्धी प्रतिवेदनको आधारमा आवश्यक पुनरावलोकन गरी परिमार्जनका लागि सिफारिस (२ ) राष्ट्रिय समावेशी आयोगले आफ्नो काम कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र आधेकार सो आयोगको अध्यक्ष कुनै सदस्य वा नेपाल सरकारको कुनै कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ WWW .lawcommission gov np (३ ) राष्ट्रिय समावेशी आयोगको अन्य काम कर्तव्य अधिकार तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ २६० प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेः राष्ट्रिय समावेशी आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ
अनुच्छेद २६१. आदिवासी जनजाति आयोगः (१) नेपालमा एक आदिवासी जनजाति आयोग रहनेछ जसमा
अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आदिवासी जनजाति आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ (३ ) आदिवासी जनजाति आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ (४ ) आदिवासी जनजाति आयोगका अध्यक्ष तथा सदस्यको योग्यता पद रिक्त हुने अवस्था, पारिश्रमिक र सेवाका शर्तहरु र त्यस्तो आयोगको काम, कर्तव्य र अधेकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २६२. मधेशी आयोगः (१ ) नेपालमा एक मधेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार
जनासम्म सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मधेशी आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ ८३ ) मधेशी आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ (४ ) मधेशी आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था पारिश्रमिक र सेवाका शर्तहरु र त्यस्तो आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २६३. थारू आयागः (१ ) नेपालमा एक थारू आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार
जनासम्म सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा थारू आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ WWW .lawcommission gov np (३ ) थारु आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ (४ ) थारू आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था पारिश्रमिक र सेवाका शर्तहरु र त्यस्तो आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २६४. मुस्लिम आयोगः ८१) नेपालमा एक मुस्लिम आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार
जनासम्म सदस्य रहनेछन् (२ ) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मुस्लिम आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ (३) मुस्लिम आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ (४ / मुस्लिम आयोगका अध्यक्ष तथा सदस्यको योग्यता, पद रिक्त हुने अवस्था पारिश्रमिक र सेवाका शर्तहरु र त्यस्तो आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ
अनुच्छेद २६५. आयोगको पुनरावलोकनः यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले
संविधान प्रारम्भ भएकोे मितिले दश वर्ष पछि पुनरावलोकन गर्नेछ / नेपाल WWW .lawcommission gov np राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्थ