Skip to main content
आधारभूत

प्रारम्भिक

नेपालको संविधानको आधारभूत संरचना, अधिकार र राज्यको रूपरेखासँग सम्बन्धित अध्यायहरू।

Sections1
Read time2 min
पूर्ण पाठ

० संविधान मूल कानूनः (१ ) यो संविधान नेपालको मूल कानून हो यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ (२ ) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ २ सार्वभोमसत्ता राजकीयसत्ताः नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ३ राष्ट्रः बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहक समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता राष्ट्रिय तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र % नेपाल राज्यः (१ ) नेपाल स्वतन्त्र अविभाज्य सार्वभोमसत्तासम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि शधर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ| (२ ) नेपालको क्षेत्र देहाय बमोजिम हुनेछः (क ) योे संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र र ख योे संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र + हतः १ ) नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता राष्ट्रियता, स्वाधीनता स्वाभिमान नेपालीको हक हितको रक्षा सीमानाको सुरक्षा आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् (२ ) राष्ट्र हित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ राष्ट्रभाषाः नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ७ सरकारी कामकाजको भषः (१ देवनागरी लिपिमा लेखिने नेपाली भाष नेपालको सरकारी कामकाजको भाषा हुनेछ WWW .lawcommission gov np (२ ) नेपाली भाषाक अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ (३ ) भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ८ राष्ट्रिय झण्डाः (१) सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो (२ ) नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरीका र तत्सम्बन्धी अन्य विवरण अनुसूची १ मा उल्लेख भए बमोजिम हुनेछ X राष्ट्रिय गान इत्यादिः (१ ) नेपालको राष्ट्रिय गान अनुसूची - २ मा उल्लेख भए बमोजिम हुनेछ (२ ) नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछ (३) नेपालको राष्ट्रिय फूल लालीगुराँस राष्ट्रिय रङ्ग सिम्रिक राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ नेपाल WWW .lawcommission gov np नागरिकता